सल्यानमा ओडारभित्र लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद
१६ कातिक,सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ स्थित गोटीखोला सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका पाँच नाल एकनाले भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा साेमबार दिउँसो करिब १२ः४५ बजे उक्त सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा ओडारभित्र लुकाएर राखिएका पाँच नाल भरुवा बन्दुक फेला पारेको हो।
बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0