बाराकाे कलैयामा नेपाली कम्युनिष्ट पार्टीको एकता भेला, प्रचण्ड र माधव नेपाल सहभागी
ईर्साद अन्सारी
१३ असोज,बारा । बाराको सदरमुकाम कलैयास्थित दरबार होटलमा मंगलबार बिहानदेखि नेपाली कम्युनिष्ट पार्टी बारा जिल्ला कमिटीको आयोजनामा एकता भेला तथा प्रशिक्षण कार्यक्रम जारी रहेको छ। ‘
संसारका श्रमिक एक होऔँ’ भन्ने मूल नारासहित भइरहेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेता सहभागी छन्।
बिहान १० बजेबाट सुरु भएको कार्यक्रममा बाराका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको बृहत् उपस्थिति रहेको छ।
पार्टी एकीकरणपछि जिल्ला तहमा संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने, नेता–कार्यकर्ताबीच एकता र समन्वय कायम गर्ने तथा पार्टीको राजनीतिक, वैचारिक र संगठनात्मक अवस्थाबारे प्रशिक्षण तथा छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।
नेपाली कम्युनिष्ट पार्टीले देशका ७७ वटै जिल्लामा एकता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने क्रममा बारामा पनि जिल्ला तहको कार्यक्रम आयोजना गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0