नेपालतर्फ ९६० किलो अवैध चकलेट तस्करी गरिरहेका बाराका ६ जना नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा पक्राउ

Oct 4, 2026 - 09:11
 0  19
नेपालतर्फ ९६० किलो अवैध चकलेट तस्करी गरिरहेका बाराका ६ जना नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा पक्राउ

१८ असाेज,बारा । भारतबाट नेपालतर्फ अवैध रूपमा चकलेट ल्याउँदै गरेको आरोपमा बाराका ६ जना नेपाली नागरिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नियन्त्रणमा परेका छन्।

 भारत–नेपाल सीमास्थित नायकटोला क्षेत्रमा शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 एसएसबीका अनुसार विशेष सूचनाका आधारमा सीमाक्षेत्रमा निगरानी बढाइएको थियो। सोही क्रममा साइकलमा सामान बोकेर नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि टोलीले रोकेर जाँच गरेको थियो।

 जाँचका क्रममा ६ वटा साइकलमा २४ बोरा चकलेट फेला परेको एसएसबीले जनाएको छ। बरामद चकलेटको कुल तौल करिब ९६० किलो रहेको बताइएको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्। 

एसएसबीका अनुसार उनीहरूले भारतबाट चकलेट नेपालतर्फ ल्याउँदै थिए। पक्राउ परेका व्यक्तिसहित बरामद चकलेट र साइकललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको एसएसबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0