भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको एक लाख रुपैयाँ बराबरको पटका बरामद

Nov 2, 2026 - 13:02
 0  11
भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको एक लाख रुपैयाँ बराबरको पटका बरामद

१६ कातिक, झापा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब एक लाख रुपैयाँ बराबरको पटका झापामा बरामद गरिएको छ।

झापा गाउँपालिका–२ कुवाडीस्थित सीमा क्षेत्रबाट साेमबार बिहान ४ः३५ बजे दुई बोरा पटका बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी हवल्दारको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीलाई देखेपछि पटका बोकेर आएका व्यक्ति बोरा छाडेर फरार भएका थिए।

 प्रहरीले उक्त बोरा खोलेर जाँच गर्दा दुई बोरामा विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ। बरामद पटका आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0