स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
१६ कातिक,बारा । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
साेमबार दिउँसो करिब १२:२० बजे बाराबाट रौतहटतर्फ जाँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गरेको थियो।
प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको टोलीले मोटरसाइकलको फिल्टरमा लुकाइछिपाइ राखेको अवस्थामा रकम फेला पारेको थियो।
बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। रकमसँगै मोटरसाइकल र त्यसका चालक भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्राम निवासी अन्दाजी ३३ वर्षीय टुना दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दासमाथि बरामद रकमको स्रोत र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0