सुनसरीमा ४ लाख ५० हजारको भन्सार छलीका कपडासहित टेम्पो चालक पक्राउ

Sep 26, 2026 - 08:18
 0  5
सुनसरीमा ४ लाख ५० हजारको भन्सार छलीका कपडासहित टेम्पो चालक पक्राउ

 १० असाेज,सुनसरी । सुनसरीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडासहित एक जना टेम्पो चालकलाई पक्राउ गरेको छ।

 जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ९ गते राति करिब ११ बजे बर्जु गाउँपालिका–१ गोपी चोकस्थित हुलाकी राजमार्गबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र प्रहरी चौकी रामगञ्ज बेलगछिया सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले को २ ह २७५१ नम्बरको टेम्पो जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी ४ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले टेम्पो चालक मोरङको विराटनगर महानगरपालिका–११ का ३८ वर्षीय देवेन्द्र खड्कालाई नियन्त्रणमा लिएको छ। बरामद सामान र टेम्पोसहित खड्कालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0