सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

Nov 11, 2026 - 20:13
 0  12
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

२५ कातिक,इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

 बुधबार (कात्तिक २५ गते) साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसहित साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी छ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको हो।

 चिकित्सकले साँझ ५ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इनरुवा नगरपालिका–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल रहेका छन्।

 घाइते पाँचै जनाको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0