बझाङमा भरुवा बन्दुकसहित ४० वर्षीय रोकाया पक्राउ
२२ कातिक,काठमाण्डाैं । बझाङको मष्टा गाउँपालिका–२ धनातोलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय राजेन्द्र रोकाया रहेका छन् । आइतबार बिहान १०:४० बजे इलाका प्रहरी कार्यालय मष्टाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष गोप्य सूचनाका आधारमा रोकायाको घरमा खानतलासी गरेको थियो ।
सो क्रममा घरमा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त बन्दुक रीतपूर्वक बरामदी मुचुल्का तयार गरी रोकायालाई नियन्त्रणमा लिएको थियो ।
उनलाई आइतबार दिउँसो १४:२५ बजे जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0