साइबर मुद्दामा भरत दाहाल पक्राउ, काठमाडौं पठाउने तयारी
४ असाेज,काठमाण्डाैं । राजनीतिक विश्लेषक भरत दाहाललाई मोरङ प्रहरीले बेलबारीबाट पक्राउ गरेको छ।
एक कार्यक्रमका लागि मोरङ पुगेका दाहाललाई साइबर ब्युरोको अनुरोधमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले बताएका छन्। उनका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो।
आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई काठमाडौंस्थित साइबर ब्युरोलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको बताइएको छ। पक्राउपछि उनलाई जहाजमार्फत काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0