सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद
१९ असाेज,बारा । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ।
साेमबार बिहान करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको BR30Y 2853 नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा कबिलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका छन्। उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जाँच गर्ने क्रममा ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेको थियो। प्रहरीले पेस्तोल बरामद गरी ठाकुरलाई पेस्तोलसहित नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0