सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष पक्राउ

Sep 6, 2026 - 07:41
 0  11
सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष पक्राउ

२१ भदाै,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।

शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो।

 प्रहरीले गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार अध्यक्ष यादवसहित पक्राउ परेका क्यासिनोका कर्मचारी तथा अन्य व्यक्तिहरूको पहिचान खुलाउने र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

 जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे आइतबार प्रेस विज्ञप्तिमार्फत विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्। नेपालमा नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी प्रतिबन्ध रहे पनि गाउँपालिका अध्यक्ष यादव क्यासिनो परिसरमा भेटिनुले उनीमाथि थप प्रश्न उठेको छ।

सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको विषयले सरकारी स्रोतसाधनको उपयोग तथा जनप्रतिनिधिको आचरणबारे समेत बहस सिर्जना गरेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0