लागूऔषध मुद्दाका ३ फरार पक्राउ : Gen-Z आन्दोलनका क्रममा बानेश्वर वृत्तको हिरासतबाट भागेका किसन शाहसहित ३ जना ब्यूरोको नियन्त्रणमा
१४ असाेज,काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध मुद्दामा फरार रहेका तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा Gen-Z आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका सिरहाका एक जना पनि छन्। ब्यूरोका अनुसार मिर्चैया नगरपालिका–५ बाट २०८३ असोज १३ गते सिरहाको मिर्चैया–६ स्थायी ठेगाना भएका २५ वर्षीय किसन शाह पक्राउ परेका हुन्।
लागूऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतबाट फरार भएका शाहलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा बुझाइएको छ।
त्यस्तै, कञ्चनपुर जिल्ला अदालतबाट लागूऔषध खैरो हेरोइन मुद्दामा एक वर्ष कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–५ का २८ वर्षीय बिक्रम सिंह नायकलाई असोज १२ गते सुकासालबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
उनलाई अदालतमार्फत जिल्ला कारागार कञ्चनपुर पठाइएको छ। यसैगरी, जिल्ला अदालत सुर्खेतबाट लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका–११ का २३ वर्षीय अर्जुन बादीलाई असोज १४ गते पक्राउ गरिएको छ। पक्राउ परेका बादीलाई जिल्ला कारागार सुर्खेत पठाइएको ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0