रौतहटका प्रमुख जिल्ला अधिकारी भुसाल गृह मन्त्रालय सरुवा, पौडेल आउदै
१९ भदाै,बारा । रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालको गृह मन्त्रालय, सिंहदरबारमा सहसचिवका रूपमा सरुवा भएको छ।
भुसालको स्थानमा पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेललाई रौतहटको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
रौतहटमा कार्यरत रहँदा भुसालले जिल्लाको शान्ति–सुरक्षा, प्रशासनिक सेवा प्रवाह, सामाजिक सद्भाव तथा विभिन्न निकायबीचको समन्वयमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0