रसुवाका बाढीपीडितका लागि अस्थायी आवास निर्माण अघि बढाउने सरकारको निर्णय

Oct 6, 2026 - 18:00
 0  6
रसुवाका बाढीपीडितका लागि अस्थायी आवास निर्माण अघि बढाउने सरकारको निर्णय

२० असाेज,काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माणको काम अघि बढाउने निर्णय गरेको छ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न विकास साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको हो।

बैठकले पुनर्निर्माणमा सहयोग गर्न इच्छुक विकास साझेदार संघसंस्थालाई आफूले कुन स्थानीय तहमा कति संख्यामा घर निर्माण गरिदिने हो, त्यसको विवरण प्राधिकरणलाई उपलब्ध गराउन आह्वान गरेको छ।

 निर्णयअनुसार सहयोगी संस्थाले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्नुपर्नेछ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर निर्माण गर्नुपर्ने हो भन्ने यकिन गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0