मोरङमा प्रहरी चेकिङ देखेपछि युटर्न गरेको स्कार्पियो दुर्घटनामा, ३९८ किलो गाँजा बरामद

Sep 27, 2026 - 10:34
 0  7
मोरङमा प्रहरी चेकिङ देखेपछि युटर्न गरेको स्कार्पियो दुर्घटनामा, ३९८ किलो गाँजा बरामद

११ असाेज,मोरङ । विराटनगरमा प्रहरीको आकस्मिक चेकिङ टोलीलाई देखेपछि भाग्न खोजेको स्कार्पियो दुर्घटनामा परेको छ।

दुर्घटनापछि प्रहरीले स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार असोज १० गते राति करिब १० बजे विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा प्रहरी चौकी बरगाछीले आकस्मिक चेकिङ गरिरहेको थियो।

 इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियोले चेकिङ टोलीलाई देखेपछि अचानक युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो।

 दुर्घटनापछि चेकिङमा खटिएको प्रहरीले स्कार्पियो खोलेर हेर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १३ वटा पोकामा रहेको ३९८ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

 स्कार्पियो चालक भने दुर्घटनापछि फरार भएका छन्। प्रहरीले उनको पहिचान तथा खोजतलास गरिरहेको जनाएको छ।

 दुर्घटनामा बागमती प्रदेशको कारका चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ।

 घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0