मोरङमा काँसघारीभित्र लुकाइएको २६४ किलो गाँजा बरामद

Oct 15, 2026 - 17:36
 0  7
मोरङमा काँसघारीभित्र लुकाइएको २६४ किलो गाँजा बरामद

ईर्साद अन्सारी

२९ असाेज,काठमाण्डाैं  । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोला बगरको काँसघारीबाट प्रहरीले २६४ किलो ५९ ग्राम तयारी गाँजा बरामद गरेको छ।

 बिहीबार दिउँसो करिब १ः३० बजे काँसघारीमा लुकाइछिपाई राखिएका आठवटा सेतो बोराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।

 बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। गाँजा कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0