सिमराको सम्झना होटलमा चक्कु प्रहार गरेर ३५ वर्षीय युवकको हत्या

Sep 19, 2026 - 19:11
 0  62
सिमराको सम्झना होटलमा चक्कु प्रहार गरेर ३५ वर्षीय युवकको हत्या

३ असोज,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ।

 शनिबार साँझ करिब ५ बजे भएको घटनामा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको हत्या भएको हो। खाजाखान होटलमा आएका समूहबीच विवाद भएपछि होटलको भान्सामा रहेको धारिलो चक्कु खड्काको घाँटीमा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा संलग्न व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले जानकारी दिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0