जाजरकोटमा जिप ३ सय मिटर तल खस्यो, दुई जनाको मृत्यु, तीन घाइते

Oct 15, 2026 - 07:37
 0  5
जाजरकोटमा जिप ३ सय मिटर तल खस्यो, दुई जनाको मृत्यु, तीन घाइते

२९ असाेज,काठमाण्डाैं  । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

 बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा जुनिचाँदे गाउँपालिका–३ स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ।

उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0