बिहारको वैशालीस्थित राघोपुरमा डुङ्गा दुर्घटना, १३ जनाको मृत्यु, ३–४ जना बेपत्ता

Oct 14, 2026 - 09:38
 0  3
बिहारको वैशालीस्थित राघोपुरमा डुङ्गा दुर्घटना, १३ जनाको मृत्यु, ३–४ जना बेपत्ता

२८ असाेज,बारा  । भारतको बिहार राज्यको वैशाली जिल्लास्थित राघोपुर क्षेत्रमा गंगा नदीमा डुङ्गा पल्टिँदा अधिकांश बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने ३ देखि ४ जना बेपत्ता भएका छन्।

दुर्घटनामा उद्धार गरिएका सात जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मंगलबार (अक्टोबर १३) राति करिब ८ः३० बजे राघोपुर प्रहरी क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतनजिक उक्त दुर्घटना भएको हो।

 डुङ्गामा सवार यात्रुहरू भगतान टोलस्थित माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन नदी पार गर्दै थिए। नदीको बीच भागमा डुङ्गा पल्टिएपछि यात्रुहरू पानीमा खसेका थिए। घटनालगत्तै स्थानीय बासिन्दा, प्रहरी र उद्धार टोलीले खोज तथा उद्धार कार्य सुरु गरेका थिए।

बेपत्ता भएकाहरूको खोजी जारी रहेको समाचारमा उल्लेख छ। वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले दुर्घटनामा १३ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले भने १४ जनाको शव फेला परेको दाबी गरेका छन्। दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले पनि मृतकका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0