मदन भण्डारी लोकमार्गमा बस पल्टिँदा एकको मृत्यु, १५ जना घाइते

Oct 15, 2026 - 18:45
 0  4
मदन भण्डारी लोकमार्गमा बस पल्टिँदा एकको मृत्यु, १५ जना घाइते

२९ असाेज,काठमाण्डाै ।   उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ कालीखोला सुर्के क्षेत्रमा बिहीबार भएको दुर्घटनाले एक जनाको ज्यान गएकाे हो। प्रहरीका अनुसार काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भएपछि सडक छेउमा पल्टिएको थियो।

 दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका हुन्। दुर्घटनामा चौदण्डीगढी नगरपालिका–२, बसाहा निवासी १८ वर्षीया सोनु बसेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएकामध्ये ओखलढुंगाको लिखु गाउँपालिका–३ का ३२ वर्षीय धनबहादुर जोगीको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धरान पठाइएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 घाइते हुनेहरूमा खोटाङकी जिना राई, संखुवासभाका छिजी शेर्पा र उनका श्रीमान् निङमा शेर्पा, सुनसरीकी माया भुजेल र उनका नौ वर्षीय छोरा सक्षम भुजेल, पाँचथरका वीरेन्द्र थाम्सुहाङ, उदयपुरकी विमला नेपाली, खोटाङकी कमला बस्याल, संखुवासभाकी पवित्रा कटवाल, काठमाडौंकी लुना कार्की र उनका नौ वर्षीय छोरा आगमन, खोटाङकी पदमकला राई, मोरङकी भूमिका कार्की तथा धनकुटाकी मन्दिरा तामाङ रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ। बस चालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० निवासी ३० वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0