रुपन्देहीमा अटो र मोटरसाइकल ठोक्किँदा नवलपरासीकी ४६ वर्षीया महिलाको मृत्यु
२७ असाेज,बारा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार दिउँसो ४:३० बजे भैरहवाबाट धकधईतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह २६०० नम्बरको अटो र सोही दिशातर्फ गइरहेको लु.प्र.०१–००६ प ९३०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नवलपरासी पश्चिमको सरावल गाउँपालिका–५ निवासी ४६ वर्षीया रितादेवी कहार घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकले दिउँसो ४:४५ बजे मृत घोषणा गरेका थिए
। मोटरसाइकल चालक सोही स्थानका २४ वर्षीय शिवकुमार कहार सामान्य घाइते भएका छन्। दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा अटो चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ निवासी ४६ वर्षीय मुवारक ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0