बडादसैँको पाँचौँ दिन स्कन्दमाताको पूजा, शक्तिपीठमा भक्तजनको चहलपहल
२९ असाेज,काठमाण्डाैं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज देशभर नवदुर्गाको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आश्विन शुक्ल पञ्चमीका दिन घरघरका दसैँघर तथा पूजाकोठामा स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा देवीको दर्शन तथा पूजाआराधना गर्न भक्तजन पुग्ने गरेका छन्।
धार्मिक मान्यताअनुसार स्कन्दमातालाई भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता मानिन्छ। देवीको यस स्वरूपलाई मातृत्व, स्नेह र शक्तिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।
नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ।
देवीको आराधनाबाट शक्ति, समृद्धि र सुख प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ। यस वर्ष विजयादशमी असोज २१ गते नभई कात्तिक ४ गते, बुधबार परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0