मानवीय सेवाको एम्बुलेन्समै गाँजाको तस्करी, १०५ किलो बरामद; चालक फरार

Sep 16, 2026 - 07:39
 0  7
मानवीय सेवाको एम्बुलेन्समै गाँजाको तस्करी, १०५ किलो बरामद; चालक फरार

३१ भदाै,सिरहा । मानवीय सेवाका लागि प्रयोग हुने एम्बुलेन्सलाई लागूऔषध गाँजा ओसारपसारमा प्रयोग गरिएको अवस्थामा सिरहामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

 जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको हो। गएराति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको सूचना पाएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो।

 सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा प्रहरीलाई देखेपछि एम्बुलेन्स चालकले सवारीसाधन सडकमा छाडेर फरार भएका थिए।

 प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा भित्र लुकाएर राखिएका पाँचवटा बोरामा १०५ किलो गाँजा फेला पारेको जनाएको छ। गाँजासहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको छ।

फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0