माउजर पेस्तोल खेलाउने क्रममा पड्किँदा रुपन्देहीमा युवक घाइते

Oct 3, 2026 - 21:17
 0  8
माउजर पेस्तोल खेलाउने क्रममा पड्किँदा रुपन्देहीमा युवक घाइते

१७ असाेज,रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–५ मितेरी गाउँमा माउजर पेस्तोल खेलाउने क्रममा पड्किँदा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन् ।

 प्रहरीका अनुसार ४२ वर्षीय दुर्गा प्रसाद खरेलले पेस्तोल खेलाउने क्रममा अचानक पड्किँदा खत्रीको दाहिने गालामा चोट लागेको हो ।

घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल बरामद गरेको छ । घटनामा संलग्न रहेको आशंकामा दुर्गा प्रसाद खरेल, कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0