भीमफेदीमा सुमो खोलामा खस्यो, तीन जनाको मृत्यु, सात घाइते
३ मंसिर,बारा । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहिबार बिहान करिब ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने सात जना घाइते भएका छन्।
दुर्घटनामा परेका घाइते तथा मृतकलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0