प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका जाँदै
ईर्साद अन्सारी
६ असाेज,काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दैछन्।
उनी चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ न्यूयोर्कतर्फ जाने कार्यक्रम छ। न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्बोधनका क्रममा उनले नेपालमा भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिसहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
महासभामा सहभागी हुन यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली असोज ४ गते न्यूयोर्क पुगिसकेको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा जलवायु परिवर्तन, विपद्का असर तथा नेपालले भोगिरहेका चुनौतीका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0