पोखरामा स्कुल बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, सबै विद्यार्थी दशैं कक्षाका

Oct 9, 2026 - 09:37
 0  5
पोखरामा स्कुल बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, सबै विद्यार्थी दशैं कक्षाका

२३ असाेज,पाेखरा । पोखरामा स्कुल बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, सबै विद्यार्थी दशैं कक्षाका पोखरा । कास्कीको पोखरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकामा थप दुई बालिकाको पनि मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको उनले बताए। उद्धार कार्य सकिएपछि मात्रै मृतकको पहिचान गर्ने काम अघि बढाइने प्रहरीले जनाएको छ।

 पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी रहेका थिए। प्रहरीका अनुसार विद्यार्थीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए। बसमा सवार सबै विद्यार्थी कक्षा १० का रहेको बताइएको छ।

दुर्घटनापछि उद्धार तथा घाइतेको उपचारको काम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0