पाल्पाको रैनादेवीछहरामा अटो १ सय ५० मिटर तल खस्यो, ६ जना घाइते, एक महिलाको अवस्था गम्भीर

Oct 26, 2026 - 16:11
 0  2
पाल्पाको रैनादेवीछहरामा अटो १ सय ५०  मिटर तल खस्यो, ६ जना घाइते, एक महिलाको अवस्था गम्भीर

९ कातिक,पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३ बल्गामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

 दुर्घटनामा घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने चालकसहित पाँच जनाको अवस्था मध्यमदेखि सामान्य रहेको छ। बल्गाबाट कटौजेतर्फ आउँदै गरेको नम्बर नखुलेको तीनपाङ्ग्रे अटो सोमबार सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो।

 अटोमा चालकसहित आठ जना सवार रहेकोमा छ जना घाइते भएका छन्। दुर्घटनामा रैनादेवीछहरा गाउँपालिका–३ का २४ वर्षीय अटो चालक फर्सबहादुर नेपाली, ३८ वर्षीया यमकला खाम्चा, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु, २५ वर्षीया मन्जु दर्लामी र यमकला खाम्चाका ६ वर्षीय छोरा ईजन खाम्चा घाइते भएका छन्।

 घाइतेमध्ये यमकला खाम्चाको अवस्था गम्भीर, अटो चालक फर्सबहादुर नेपालीसहित बसन्ती बराल, हरिकला सारु र मन्जु दर्लामीको अवस्था मध्यम तथा बालक ईजन खाम्चाको अवस्था सामान्य रहेको छ। घाइते सबैलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ।

 घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय मुझुङबाट करिब २४ किलोमिटर पश्चिम–उत्तरमा पर्दछ। अटो दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0