साउदीमा रहेका नेपालीलाई राजदूतावासको विशेष अपिल : सुरक्षा चेतावनी जारी भएका क्षेत्रमा नजान र अपुष्ट सूचना सेयर नगर्न आग्रह
१० कातिक,काठमाण्डाैं । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राजदूतावासले सार्वजनिक गरेको अपिलमा सुरक्षा अवस्थाप्रति सचेत रहन, विशेष सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र सम्बन्धित निकायका निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
दूतावासले साउदी अरेबियाका आधिकारिक निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र पुष्टि नभएका समाचार, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि आग्रह गरेको छ।
त्यस्तै, नेपाल वा अन्य देशको हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडान तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रा गर्न भनिएको छ।
कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा नेपाली राजदूतावास, रियाद वा नेपाली महावाणिज्यदूतावास, जेद्दामा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। साउदिमा करिब ४ लाख नेपालीहरू काम गरिरहेका छन भन्ने प्रत्येक बर्ष ८० हजार श्रमिक कामकाे लागि जाने गरेकाछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0