काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ

Oct 19, 2026 - 12:18
 0  25
काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ

ईर्साद अन्सारी

२ कार्तिक,काठमाण्डाैं ।  काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ७२ हजार ८० क्याप्सुलसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ४:३० बजे इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारेको हो।

 प्रहरीले लागूऔषधसहित बारा र पर्साका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–२३ कोयरिया निवासी २७ वर्षीय सुदिप पटेल र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१७ अलौ निवासी २७ वर्षीय सुनिल सहनी रहेका छन्।

 घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0