प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो खेल
९ कातिक,काठमाण्डाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणकाे आज उद्घाटन गरेका छन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि रङ्गशालामा उपस्थित भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एनपीएल नेपालको प्रमुख फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्ये एक हो । प्रतियोगिताले नेपाली क्रिकेटको विकाससँगै खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0