कुरिनटारमा बस, ट्रक र माइक्रो ठोक्किँदा ११ जना घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

Oct 27, 2026 - 11:07
 0  5
कुरिनटारमा बस, ट्रक र माइक्रो ठोक्किँदा ११ जना घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

ईर्साद अन्सारी

१० कातिक,बारा । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

 मंगलबार बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौं बाट मुग्लिनतर्फ आउदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

 सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ।

 दुर्घटनापछि घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली र नेपाल प्रहरी परिचालन गरिएको छ।

 दुर्घटनाका कारण पृथ्वी राजमार्गको उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0