नागढुंगामा १४.२८ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित धादिङका २९ वर्षीय युवक पक्राउ
८ कातिक,काठमाण्डाैं । काठमाडौंको नागढुंगामा १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ८ गते बिहान करिब ७:३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोइन्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१–०२–००२ ख १२८२ नम्बरको बस जाँच गर्ने क्रममा ती युवक पक्राउ परेका हुन्।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले बसमा सवार धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी २९ वर्षीय जोनाम लामाको साथबाट प्लास्टिकसहित १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।
उक्त पदार्थ लुकाइछिपाइ ल्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0