वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको भ्यानबाट १५ किलो चाँदीजस्तो वस्तु बरामद

Oct 25, 2026 - 15:50
 0  16
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको भ्यानबाट १५ किलो चाँदीजस्तो वस्तु बरामद

८ कातिक,बारा  । मकवानपुरको हेटौँडामा करिब १५ किलो चाँदीजस्तो देखिने वस्तुसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट आइतबार दिउँसो उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोदप्रसाद साहको कमान्डमा खटिएको टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.३ च ७०७९ नम्बरको सानो भ्यान जाँच गर्ने क्रममा उक्त वस्तु फेला पारेको थियो।

 भ्यानमा सवार चारै जना भारतीय नागरिकलाई चाँदीजस्तो देखिने करिब १५ किलो वस्तुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू र बरामद वस्तुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। बरामद वस्तु वास्तविक चाँदी हो वा होइन भन्नेबारे भने पुष्टि हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0