आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ
ईर्साद अन्सारी
१० कातिक,काठमाण्डाैं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ परेका छन्।
अभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार खाँलाई प्रहरीले गएराति घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।
आनीको नियुक्तिको विरोध गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको चौधरीले बताएका छन्। आनीको नियुक्तिपछि सक्रिय भएको महाअभियानले नियुक्ति बदर गर्नुपर्ने र लुम्बिनीको संरक्षण तथा विकासमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई नेतृत्व दिनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ।
अभियानले संयोजक खाँको पक्राउप्रति आपत्ति जनाउँदै उनको निःशर्त रिहाइको माग गरेको छ। घटनापछि शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार र सरकारको कार्यशैलीमाथि प्रश्न उठेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0