धनुषामा प्रहरीको चेकजाँचमा १३ लाख ६५ हजार नगद फेला, भारतका ३५ वर्षीय बयार नियन्त्रणमा

Sep 16, 2026 - 19:03
 0  5
धनुषामा प्रहरीको चेकजाँचमा १३ लाख ६५ हजार नगद फेला, भारतका ३५ वर्षीय बयार नियन्त्रणमा

३१ भदाै,धनुषा । धनुषामा प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा स्रोत नखुलेको ठूलो परिमाणको नगद रकम बरामद गरेको छ ।

धनौजी गाउँपालिका–२ गोरदाहा देउरीस्थित भित्री सडकमा मंगलबार दिउँसो प्रहरीले शंकास्पद रूपमा मोटरसाइकल चेकजाँच गर्दा भारतको मधुबनी जिल्लाअन्तर्गत खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारको साथबाट १३ लाख ६५ हजार रुपैयाँ नगद बरामद गरेको हो ।

प्रहरीका अनुसार दिउँसो ३ः४५ बजे प्रहरी चौकी धनौजीबाट खटिएको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकल रोकी चेकजाँच गरेको थियो ।

सो क्रममा बयारले कमरमा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । नगद रकमसहित बयारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान तथा रकमको स्रोत खुलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0