धनकुटामा प्रहरीलाई देखेपछि चालक फरार, ट्रकबाट बरामद भयो १,२४० किलो गाँजा

Sep 9, 2026 - 09:35
 0  4
धनकुटामा प्रहरीलाई देखेपछि चालक फरार, ट्रकबाट बरामद भयो १,२४० किलो गाँजा

२४ भदाै,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरिएको छ ।

 प्रहरीले ट्रकबाट १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो ।

 चेकिङ टोलीले ट्रक रोक्न संकेत गरेपछि चालक ट्रकबाट हाम फालेर फरार भएका थिए । त्यसपछि ट्रक शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो ।

 प्रहरीका अनुसार बरामद गाँजा र ट्रकलाई नियन्त्रणमा लिइएको छ । फरार चालकको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0