थाइल्यान्डको फुकेटमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

Nov 16, 2026 - 13:15
 0  8
थाइल्यान्डको फुकेटमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

३० कातिक,काठमाडौं । थाइल्यान्डको प्रसिद्ध पर्यटकीय क्षेत्र फुकेटको पातोङमा चारतले भवनमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

 सोमबार बिहान करिब ३ बजेर १७ मिनेटमा फाङ मुआङ साई कोर रोडस्थित व्यावसायिक तथा आवासीय प्रयोजनमा प्रयोग भइरहेको भवनमा आगलागी भएको हो।

आगलागी भएको भवनको भुइँतलामा मोटरसाइकल भाडामा दिने व्यवसाय सञ्चालनमा थियो भने माथिल्ला तलामा रेस्टुरेन्ट तथा भाडाका कोठाहरू रहेका थिए। आगो तीव्र गतिमा फैलिँदा भवनभित्र रहेका मानिसहरू प्रभावित भएका थिए।

घटनालगत्तै दमकल तथा उद्धार टोली परिचालन गरिएको थियो। करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ। घाइतेमध्ये १५ जना थाइल्यान्डका नागरिक र एक जना म्यानमारका नागरिक रहेको विवरण सार्वजनिक भएको छ।

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार आगलागीमा मृत्यु हुने र घाइते हुनेमा पर्यटक नभई स्थानीय बासिन्दा रहेका छन्।प्रारम्भिक विवरणअनुसार आगलागीमा मृत्यु हुने र घाइते हुनेमा पर्यटक नभई स्थानीय बासिन्दा रहेका छन्।

 भवननजिकै रहेको विद्युतीय ट्रान्सफर्मरमा विस्फोट भएको हुनसक्ने आशंका गरिए पनि आगलागीको वास्तविक कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट भवनमा ठूलो क्षति पुगेको छ।फाेटाे: पिआर फुकेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0