तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

Oct 4, 2026 - 16:22
 0  5
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

१८ असाेज,तनहुँ । भानु नगरपालिका–१० तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 दुर्घटनामा भानु नगरपालिका–१० तल्लो मैदानका ४५ वर्षीय शंकर पाण्डे र सोही ठाउँका ६५ वर्षीय टंकनीति पाण्डे घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि फरक–फरक अस्पताल पठाइएको थियो।

 मोटरसाइकल चालक शंकर पाण्डेलाई पुरानो मेडिकल कलेज, भरतपुर, चितवन लगिएकोमा उपचारका क्रममा दिउँसो १२ः०१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

 मोटरसाइकलको पछाडि सवार टंकनीति पाण्डेको लमजुङ सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहान ११ः३५ बजे मृत्यु भएको हो। घटनास्थल अस्थायी प्रहरी बिट कालीमाटी, तनहुँबाट करिब ३ किलोमिटर पश्चिममा पर्छ।

दुर्घटनापछि मोटरसाइकल घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0