झापामा भारतीय मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
१ असाेज,झापा । झापा गाउँपालिका–३ कामाटोलीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब १०ः३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको BR 37 Q 3949 नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा भारतको किशनगञ्ज निवासी २८ वर्षीय सुल्तान अली गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अलीलाई उपचारका लागि बी एण्ड सी अस्पताल, बिर्तामोड लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0