जुम्लाकाे गिडिदह पाटनमा बाक्लो हिमपातपछि ६ भेडीगोठाला सम्पर्कविहीन

Sep 25, 2026 - 23:42
 0  2
जुम्लाकाे  गिडिदह पाटनमा बाक्लो हिमपातपछि ६ भेडीगोठाला सम्पर्कविहीन

९ असोज,जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह आसपासको पानसय पाटन क्षेत्रमा बाक्लो हिमपात भएपछि भेडा चराउन गएका ६ जना भेडीगोठाला सम्पर्कविहीन भएका छन्।

स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार उनीहरू बिहीबार रातिदेखि परिवार तथा स्थानीयको सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन हुनेमा चन्दननाथ नगरपालिका–८ का लालबहादुर रावत, सुरतबहादुर रावतसहित ६ जना भेडीगोठाला रहेका छन्।

 उनीहरू गिडिदह आसपासको गैरीगुम पाटन क्षेत्रमा भेडा चराउन गएका थिए। तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार पानसय पाटनअन्तर्गत ढांग्रे, ऐरीझाल, गैरीगुम, दुधवाडी र डण्डमाकाँध क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भइरहेको छ।

 उच्च पहाडी क्षेत्रमा लगातार हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित भएको छ। सम्पर्कविहीन गोठालाहरूको अवस्था पत्ता लगाउन स्थानीयस्तरबाट खोजी तथा उद्धारको प्रयास भइरहेको छ।

 प्रतिकूल मौसम र बाक्लो हिमपातका कारण खोजी तथा उद्धारमा भने कठिनाइ भइरहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि घटनाबारे आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0