जलमौसम पूर्वानुमान महाशाखाको चेतावनी: आजदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा अति भारी वर्षा र हावाहुरीको सम्भावना

Sep 23, 2026 - 09:35
 0  5
जलमौसम पूर्वानुमान महाशाखाको चेतावनी: आजदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा अति भारी वर्षा र हावाहुरीको सम्भावना

७ असाेज,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ​

महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको मौसम चेतावनीअनुसार आज बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। ​

बुधबार राति कोशी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, बागमती प्रदेशका पहाडी तथा तराई भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ​बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। ​बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। ​

शुक्रबार भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। ​शुक्रबार राति पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ​महाशाखाले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0