जनकपुरमा २० वर्षीया महिलाको शंकास्पद मृत्यु, माइती पक्ष भन्छ– ‘हत्या भएको हो’

Oct 5, 2026 - 10:10
 0  8
जनकपुरमा २० वर्षीया महिलाको शंकास्पद मृत्यु, माइती पक्ष भन्छ– ‘हत्या भएको हो’

१९ असाेज,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया प्रियंका दासको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

 आइतबार बेलुकी करिब ६ः५० बजे प्रियंकालाई आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखिएको आफन्तले बताएका छन्।

 त्यसपछि उनका श्रीमान् विनोद दासले पासो खोली शवलाई ओछ्यानमा राखेको बताइएको छ। घटनापछि प्रहरी चौकी कपिलेश्वरको टोली घटनास्थल पुगेको थियो।

 तर, मृतकको माइती पक्षले भने प्रियंकाले आत्महत्या नगरेको र उनको हत्या भएको दाबी गरेको छ। यही दाबी गर्दै स्थानीय तथा माइती पक्षले रातिसम्म घरअगाडि विरोध जनाएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

 प्रहरीले आजै शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0