जनकपुरधाममा छुरा प्रहार : २४ वर्षीय आमिनको मृत्यु, अर्का गम्भीर घाईते
२२ असोज,बारा । जनकपुरधाममा पुरानो रिसिइबीका कारण भएको छुरा प्रहारमा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै बिहीबार साँझ करिब ७:१० बजे सोनारपट्टी दाहाचोक बस्ने २४ वर्षीय आमिन साफी र २५ वर्षीय इम्तियाज राइनमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट छाती र पेटमा गम्भीर चोट लागेका आमिनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । उनको शव अस्पतालको शवगृहमा राखिएको धनुषा प्रहरीले जनाएको छ । घटनामा घाइते भएका इम्तियाजको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २२ वर्षीय मोहम्मद इर्साद खानलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण इर्सादले दुवै युवकलाई धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
1
क्या राम्रो
0