सप्तकोसीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, चार बेपत्ता
८ कातिक,काठमाडौं । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका नौ जना भने सकुशल बाहिर निस्किएका छन्।
धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
दुर्घटनापछि मोटरबोटसमेत नदीमा बेपत्ता भएको उनले बताएका छन्। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलले गोताखोरसहित विभिन्न टोली घटनास्थलमा परिचालन गरेको छ।
खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डीएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डीएमसहित नौ जनाको टोली खटिएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म धनकुटाबाट डीएसपी राजेश फुयालको नेतृत्वमा नौ जना र विपद् व्यवस्थापन बेस मुलघाटबाट चार जना डीएमसहित सात जनाको टोली पनि घटनास्थलमा परिचालन गरिएको छ।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।फाईल तस्बिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0