काठमाण्डाैंकाे नयाँ बस्तीबाट ४ थान चोरीका स्कुटर तथा मोटरसाइकलसहित १९ वर्षीय युवक पक्राउ

Sep 23, 2026 - 19:13
 0  8
काठमाण्डाैंकाे नयाँ बस्तीबाट ४ थान चोरीका स्कुटर तथा मोटरसाइकलसहित १९ वर्षीय युवक पक्राउ

७ असाेज,काठमाडौं । काठमाडौंको नयाँ बस्ती क्षेत्रबाट चोरीका चारवटा स्कुटर तथा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–६ नयाँ बस्ती बस्दै आएका १९ वर्षीय तेन्जिङ तामाङ पक्राउ परेका हुन्।

चोरीका स्कुटर तथा मोटरसाइकल चलाउने गरेको सूचनाका आधारमा प्रहरी बिट नयाँ बस्तीबाट खटिएको टोलीले असोज ६ गते बिहान करिब ११ः३० बजे तामाङलाई चेकजाँच गरेको थियो। सो क्रममा उनले लुकाइछिपाई राखेका चोरीका चारवटा दुईपांग्रे सवारीसाधन फेला परेका थिए।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार बरामद सवारीसाधनमा बा ३५ प ३३९२ नम्बरको कालो एभिएटर स्कुटर, बा ८५ प १९२५ नम्बरको निलो–कालो डी–यो स्कुटर, प्रदेश ३०२०१३ प २५९९ नम्बरको सुजुकी स्कुटर र बा ९१ प ३८३३ नम्बरको हिरो सुपर स्प्लेन्डर मोटरसाइकल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0