कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु

Oct 5, 2026 - 14:29
 0  5
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु

१९ असाेज,कञ्चनपुर । बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।

 सोमबार मध्याह्न करिब १२ बजे महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा बेदकोट नगरपालिका–५ का अन्दाजी २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।

 उपचारकै क्रममा दिउँसो १२ः५५ बजे चिकित्सकले बमलाई मृत घोषणा गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0