ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जनाको मृत्यु
ईर्साद अन्सारी
१६ भदौ,बारा । आफ्नै घरमा ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बारामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका–२ कान्तिपुर बरैनियाका ५० वर्षीय शर्मा पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार घरमै ई–रिक्सा चार्ज गरिरहेका बेला पटेललाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर बनेका पटेलको मृत्यु भएको हो। घटनापछि उनको शव कलैयास्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको थियो।
पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाको कारण तथा अवस्थाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0