इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: चार मृतकमध्ये दुई जनाको परिचय खुल्यो, चार घाइते
३० भदाै,हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा भएको इभी गाडी दुर्घटनामा मृत्यु भएका चार जनामध्ये दुई जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतकमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहार सिंह ठकुरी र धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई रहेका छन्। उनीहरूको साथबाट भेटिएको पासपोर्ट तथा नागरिकताका आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने पहिचान हुन बाँकी रहेको छ। काठमाडौं–वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक इभी गाडी आज दिउँसो इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनामा परेको थियो।
दुर्घटनामा चार जना घाइते भएका छन्। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ भने मध्यम अवस्थाका एक घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0