अस्पतालको भ्यान प्रयोग गरेर गाँजा तस्करी: ६० किलो गाँजासहित गाडी नियन्त्रणमा
१७ भदा,विराटनगर, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद गरेको छ। गाँजा बरामद भए पनि भ्यान चालक भने सुरक्षाकर्मीलाई देखेपछि फरार भएका छन्।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा मंगलबार राति सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोक्न खोजेको थियो। राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको उक्त भ्यानलाई सुरक्षाकर्मीले चेकजाँचका लागि रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
चालक भागेपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरी राखिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको हो।
सशस्त्र प्रहरीले बरामद भएको गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाएको छ। फरार चालकको खोजी भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0